घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१० असार २०८२
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० असार । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला २ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस