काठमाडौं, १० असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार ६०० दशमलव ५३ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १०७ धितोपत्रको शेयर मूल्य बढ्दा १४२ को घटेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार बैंकिङ शून्य दशमलव ४२, लगानी शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, म्युचुअल फण्ड शून्य दशमलव ३५, माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।
होटेल तथा पर्यटन शून्य दशमलव ९७, फाइनान्स शून्य दशमलव ७२, हाइड्रोपावर शून्य दशमलव ४५, विकास बैंक शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव २८, अन्य शून्य दशमलव १९, व्यापार शून्य दशमलव ११ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।
आज ओम मेगाश्री ८ दशमलव १, हिमालयन पावर पार्टनर ७ दशमलव ८७, खानीखोला हाइड्रोपाव। ५ दशमलव ९७, पियोर इनजी ५ दशमलव ८४ र पाँचथर पावरको शेयर मूल्य ४ दशमलव ८३ प्रतिशतले बढेको छ ।
आज दोर्दी खोला जलविद्युत् ३ दशमलव २६, थ्री स्टार हाइड्रोपावर ३ दशमलव १३, त्रिसुली जलविद्युत् २ दशमलव ७६ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य २ दशमलव ३६ प्रतिशतले ह्रास आएको छ ।