काठमाडौं, ११ असार । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार २ हजार १६० रुपैयाँमा करोबार भएको चाँदी आज २ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।