०.३३ अङ्कले घट्योे नेप्से, करिब ६ अर्बको कारोबार

अनलाइनसमय |
११ असार २०८२
०.३३ अङ्कले घट्योे नेप्से, करिब ६ अर्बको कारोबार

काठमाडौं, ११ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ११२ धितोपत्रको शेयर मूल्य बढ्दा १३४ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार होटेल तथा पर्यटन १ दशमलव २९, हाइड्रोपावर शून्य दशमलव ८४, निर्जीवन बीमा शून्य दशमलव ३६, विकास शून्य दशमलव २२, जीवन बीमा शून्य दशमलव १३ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

व्यापार शून्य दशमलव ५९, लगानी शून्य दशमलव ३३, अन्य शून्य दशमलव २५, माइक्रोफाइनान्स शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११, फाइनान्स शून्य दशमलव ४ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज मोदी इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर ९ दशमलव ९८, माउनटेन हाइड्रो नेपाल ८ दशमलव ६३ त्रिसुली जलविद्युत् ८ दशमलव ६३ र पाँचथर पावरको शेयर मूल्य ६ दशमलव ९२ प्रतिशतले बढेको छ ।

आज जोशी हाइड्रोपवार डेभलपमेण्ट ९ दशमलव ९९, हिमालयन पावर पार्टनर ९ दशमलव १८, दोर्दी खोला जलविद्युत् ३ दशमलव ७७ र सिन्धु विकास बैंकको शेयर मूल्य ३ दशमलव १७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस