काठमाडौं, १२ असार । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । बुधबार बेलुका पर्साको परवानीपुरबाट करिब ३१९ किलो चरेस बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई जाँज गर्ने क्रममा ट्रकको पछाडीको ढालामा लुकाएर राखेको उक्त चरेस बरामद गरेको हो ।
उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ । स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।