कहिले सार्वजनिक हुन्छ एसईईको नतिजा ?

अनलाइनसमय |
१३ असार २०८२
कहिले सार्वजनिक हुन्छ एसईईको नतिजा ?

काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनको तयारी लगभग सकिएको हो । यस विषयमा निर्णय गर्न आज परीक्षा बोर्डको बैठक बस्दैछ ।

यस वर्षको एसईई परीक्षा २०७९ चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो । बोर्डका अनुसार नियमित विधाबाट ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धिका लागि ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थीले परीक्षा दिएका थिए ।

परीक्षा नतिजा एक–दुई दिनभित्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस