एसईईको नतिजा आजै सार्वजनिक हुने

अनलाइनसमय |
१३ असार २०८२
एसईईको नतिजा आजै सार्वजनिक हुने

काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज (१३ असार) साँझ ६ बजेपछि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा बसेको बैठकले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार सबै प्राविधिक तयारी पूरा भइसकेको छ ।

चालू शैक्षिक सत्रको एसईई परीक्षा गत चैत महिनामा सञ्चालन गरिएको थियो । यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार नतिजा प्रकाशनसँगै ग्रेडसिट विद्यालयमार्फत वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस