इरानले केही महिनामै आणविक बम बनाउन सक्ने

अनलाइनसमय |
१५ असार २०८२
इरानले केही महिनामै आणविक बम बनाउन सक्ने

काठमाडौँ, १५ असार । संयुक्त राष्ट्रसंघीय परमाणु निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएइए)ले इरानले केही महिनामै आणविक हतियार बनाउने सक्ने बताएको छ । आईएइएका प्रमुख राफाएल ग्रोसीले इरानले केही महिनामै युरेनियम समृद्धी सुरु गर्ने र आणविक हतियार बनाउन सक्ने बताएका हुन् ।

ग्रोसीका अनुसार अमेरिकाले गत साता इरानका तीन आणविक केन्द्रमा गरेको हवाई आक्रमणले गम्भीर क्षति पु¥याएको भए पनि त्यसले पूर्णरूपमा ध्वस्त पारेको छैन । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘पूर्णरूपमा नष्ट गरिएको’ भन्ने दाबीलाई गलत प्रमाणित गरेको छ ।

‘सत्य भन्नुपर्दा, सबै कुरा गायब भएको र त्यहाँ केही पनि नभएको दाबी गर्न सकिँदैन,’ ग्रोसीको भनाइलाई उद्वत गर्दै बीबीसीले लेखेको छ ।

इजरायलले जुन १३ मा इरानका आणविक तथा सैन्य केन्द्रमा हमला गर्दै इरान नजिकै बम बनाउने अवस्थामा रहेको दाबी गरेको थियो । त्यसपछि अमेरिकाले पनि फोर्डो, नताञ्ज र इस्फाहानस्थित इरानी केन्द्रहरूमा आक्रमण गरेको थियो ।

तर वास्तविक क्षतिको आँकलन स्पष्ट भइसकेको छैन । ‘केही महिनामा केही सेन्ट्रीफ्यूजहरू घुमाउने र समृद्ध युरेनियम उत्पादन गर्ने हुन सक्छ,’ ग्रोसीले शनिबार सीबीयस न्युजसँग भने, ‘औद्योगिक र प्राविधिक क्षमताहरू छन्, त्यसैले यदि तिनीहरूले चाहन्छन् भने यो फेरि गर्न सुरु गर्न सक्षम हुनेछन् ।’

यसअघि अमेरिकी रक्षा मन्त्रालयको एक रिपोर्टले पनि अमेरिकाको हवाई आक्रमणले इरानको कार्यक्रमलाई केही महिनाको मात्र ढिलो बनाएको निष्कर्ष निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस