काठमाडौं, १५ असार । आम जनता पार्र्टीका अध्यक्ष एवं सांसद प्रभु साहले निजामती सेवा विधेयक च्यातेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद साहले विधेयकलाई च्यातेका हुन् ।
‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ,’ उनले भने । सरकारी जागिरमा गरिबलाई मात्र किन प्रवेश निषेध गरेको भन्दै प्रश्न समेत गरे ।