नेप्से २६.५३ अङ्कले बढ्दा घट्यो कारोबार रकम

अनलाइनसमय |
१५ असार २०८२
नेप्से २६.५३ अङ्कले बढ्दा घट्यो कारोबार रकम

काठमाडौं, १५ असार । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार ६२२ दशमलव २८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ७ अर्ब ७८ करोड २ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १८५ धितोपत्रको शेयर मूल्य बढ्दा ६३ को घटेको छ । यसदिन कुल ३२८ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार उत्पादन तथा प्रशोधन समूकको उपसूचक शून्य दशमलव ४६ प्रतिशतले ह्रास आएको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन बैंकिङ सर्वाधिक २ दशमलव १६ बढेको छ ।

यस्तै माइक्रोफाइनान्स १ दशमलव ९७, विकास बैंक १ दशमलव ६७, अन्य १ दशमलव ४९, जीवन बीमा शून्य दशमलव ९९, फाइनान्स शून्य दशमलव ६८, हाइड्रोपावर शून्य दशमलव ५८, निर्जीवन बीमा शून्य दशमलव ५५, लगानी शून्य दशमलव ४७, म्युचुअल फण्ड शून्य दशमलव ४१, व्यापार शून्य दशमलव २७ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले बढेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक ९ दशमलव ९९, बिन्ध्याबासीनी हाइड्रोपावर डेभलपमेन्ट ८ दशमलव ९७, ग्रिन भेन्चर्स ६ दशमलव ९५ र त्रिसुली जलविद्युत्को शेयर मूल्य ५ दशमलव ९२ प्रतिशतले बढेको छ ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट ५ दशमलव ५७, युनिलिभर नेपाल ३ दशमलव ४९, पञ्चकन्या माइ हाइड्रोपावर ३ दशमलव २, पियोर इनर्जी ३ दशमलव १९ र बुटवल पावरको शेयर मूल्य ३ दशमलव ०३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस