१,०७४ किलो गाँजासहित मकवानपुरबाट चार जना पक्राउ

अनलाइनसमय |
१७ असार २०८२
१,०७४ किलो गाँजासहित मकवानपुरबाट चार जना पक्राउ

काठमाडौं, १७ असार । मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
कैलाश गाउँपालिका–५ कटहरेबाट अवैध लागूऔषध गाँजा १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोकर्ण, मान बहादुर र सोमलालको भने हाल फरार छन् । उनीहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस