२८.९१ अङ्कले बढेको नेप्से २,६६० को बिन्दुमा, ७ अर्बको कारोबार

अनलाइनसमय |
१७ असार २०८२
२८.९१ अङ्कले बढेको नेप्से २,६६० को बिन्दुमा, ७ अर्बको कारोबार

काठमाडौं, १७ असार । तीन दिन यता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर बढीरहेको छ । मंगलबार नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको हो । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ६० दशमलव ४९ को बिन्दुमा बन्द भएको छ । सोमबार ९ दशमलव ११ अङ्कले बढेको परिसूचक २ हजार ६३१ को बिन्दुमा कायम थियो ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर ७० हजार २१४ पटक किनबेच भएको छ ।

मंगलबार ३०९ धितोपत्र कारोबारमा आए, जसमध्ये २१७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३१ धितोपत्रको मूल्य घटेको छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन लगानी समूहको उपसूचक सबैभन्दा बढी २ दशमलव ३८ प्रतिशतले बढेको छ । त्यस्तै माइक्रोफाइनान्सको २.२२, हाइड्रोपावरको १.३८, विकास बैंकको १.२१, जीवन बीमाको १.१२, बैंकिङको १.०९, निर्जीवन बीमाको १.०५, होटल एन्ड टुरिजमको ०.५७, फाइनान्सको ०.५५, म्युचुअल फन्डको ०.३३ र अन्य समूहको उपसूचक ०.४८ प्रतिशतले बढेको छ ।

मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सनको ८.३१, सपोर्ट माइक्रोफाइनान्सको ८.०९, इनग्वा हाइड्रोपावरको ७.८८ र पञ्चकन्या माई हाइड्रोपावरको ७.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य २.१३, प्रतिशत, सनराइज फ्रस्ट म्युचुअल फन्डको १.८७, गार्डिएन माइक्रोलाइफको १.६९ र नेपाल माइक्रो इन्स्योरेन्सको १.४९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस