काठमाडौं, १८ असार । यस वर्षको पहिलो ६ महिना नेपालमा पौने ६ लाख पर्यटक नेपाल घुम्न आएका छन् ।
पर्यटन बोर्डका अनुसार सन् २०२५ को पहिलो ६ महिना (जनवरीदेखि जुनसम्म) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९१ प्रतिशतले कम हो । गत वर्ष सन् २०२४ को जुनसम्ममा ५ लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए ।
पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्षको यसै महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् । सो अवधिमा भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । भारतपछि दोस्रोमा अमेरिकी नागरिक नेपाल आएका छन् । अमेरिकाबाट जुन महिनामा ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै चीनबाट ६ हजार ७३६, बङ्गलादेशबाट ५ हजार ४४९, बेलायतबाट २ हजार २८४, अष्ट्रेलियाबाट १ हजार ८३१, मलेशियाबाट १ हजार ३८४, घुटानबाट १ हजार १६७, जापानबाट १ हजार १९ र दक्षिण कोरियाबाट १ हजार २ पर्यटक नेपाल घुम्न आएका छन् ।
