३४.४२ अङ्कले बढ्योे नेप्से, ९ अर्ब ७४ करोडको कारोबार

अनलाइनसमय |
१८ असार २०८२
३४.४२ अङ्कले बढ्योे नेप्से, ९ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, १८ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ४२ अङ्कले बढेर दुई हजार ६९४ दशमलव ८२ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १८२ धितोपत्रको शेयर मूल्य बढ्दा ६५ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचक बढेको छ । यसदिन जीवन बीमा समूहको उपसूचक सर्वाधिक २ दशमलव ८३ प्रतिशतले बढेको छ ।

यस्तै निर्जीवन बीमा २ दशमलव ५१, विकास बैंक २ दशमलव ३१, फाइनान्स १ दशमलव ९९, व्यापार १ दशमलव ७६, बैंकिङ १ दशमलव ३६, लगानी १ दशमलव ०१, अन्य शून्य दशमलव ९१, होटेल तथा पर्यटन शून्य दशमलव ७१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६९, माइक्रोफाइनान्स ५६, हाइड्रोपावर शून्य दशमलव ४७ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।

आज अन्य शून्य दशमलव ३६ र हाइड्रोपावर शून्य दशमलव २८, फाइनान्स शून्य दशमलव ०६ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर रहेका छन् । यस्तै नेपाल इन्सुरेन्स ९ दशमलव ८२, गुराँस लघुवित्त ९ दशमलव १५ र सिन्धु विकास बैंकको शेयर मूल्य ८ दशमलव ९२ प्रतिशतले बढेको छ ।

आज विन नेपाल लघुवित्त ३ दशमलव ३१, यूनिभर्सल पावर २ दशमलव ४७ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य २ दशमलव ३८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस