राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोषणा

अनलाइनसमय |
१९ असार २०८२
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोषणा

काठमाडौं, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोषणा गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै भाषा एवं साहित्य, संस्कृति, सङ्गीत तथा नाट्य र ललितकला विधाको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरेको हो । हरेक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा तथा प्रदेश प्रतिभा पुरस्कार २०८१ का लागि बुधबारको मन्त्रीस्तरीय निर्णयबाट नाम छनोट गरिएको हो ।

सार्वजनिक सूचीअनुसार भाषा एवं साहित्यतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ रामेछापको लुखु तामाकोशी ७ का अमृत योन्जन तामाङलाई प्रदान गरिने भएको छ । यस्तै संस्कृति विधातर्फ मोरङ पथरी–शनिश्चरेका डा. सोमबहादुर धिताललाई र सङ्गीत तथा नाट्य विधातर्फ बाजुरा बुर्दिगंगा नगरपालिका ४ का राजेन्द्र बहादुर शाहलाई प्रदान गर्न लागिएका मन्त्रालयले जनाएको छ । साथै ललितकलातर्फ काठमाडौंका मुकेश मल्ललाई पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख ।

यसैगरी भाषा तथा साहित्यतर्फ प्रादेशिक प्रतिभा पुरस्कार कोशीको मोरङ पथरीकी विमला तुम्खेवा, मधेशको सिराह गोलबजारका श्याम साह, बागमतीको काभ्रे नमोबुद्धका नर्मदेश्वरी सत्याल र गण्डकीको बागलुङ नगरपालिका पैयाँपाटाका मीराज वसन्त रेग्मीर्लाइ प्रदान गरिने भएको छ । त्यस्तै लुम्बिनीको बाँके कोहलपुरका भगवानदास यादव, कर्णालीको सल्यान शारदाका समीर शाह र सुदूरपश्चिमको बैतडी पाटनका नरेन्द्र प्रसाद भट्टालाई प्रदान गरिने भएको छ ।

संस्कृति, सङ्गीत तथा नाट्य र ललितकला विधाको प्रादेशिक पुरस्कार पाउने व्यक्तिको नाम निम्न छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस