काठमाडौं, २० असार । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ ।
बोर्डले असार १९ गते उक्त कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति दिएको हो ।
स्वीकृतिपछि कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।
आईपीओ निष्काशनको बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त गरिएको छ ।