गाजामा इजरायली आक्रमणः राहत लिन पुगेका ४५ सहित ९४ जनाको मृत्यु

अनलाइनसमय |
२० असार २०८२
गाजामा इजरायली आक्रमणः राहत लिन पुगेका ४५ सहित ९४ जनाको मृत्यु

काठमाडौं, २० असार । इजरायली हवाई आक्रमण र गोलाबारीका कारण बुधबार राति र बिहीबार गाजामा कम्तीमा ९४ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ४५ जना राहत लिन आएका सर्वसाधारण हुन् ।

दक्षिणी गाजाको एक शिविरमा राति सुतेका विस्थापितहरूलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरूको ज्यान गएको एपीन्युजले जनाएको छ । एकै परिवारका कम्तीमा १३ जना मारिएका छन्, जसमा १२ वर्षभन्दा कम उमेरका ६ बालबालिका छन् ।

‘मेरा छोराछोरी, मेरा बच्चा… मेरा मायालु बच्चा,’ मृतक आफ्ना सन्तानको शव अगाडि रुन्दै इन्तिसार अबु असीले भनिन् । खान युनिसस्थित नासर अस्पतालको शवगृहमा अर्की महिलाले कम्बलमा बेरिएको सानी बालिकाको निधार चुम्दै श्रद्धाञ्जली दिइन् ।

केन्द्रिय गाजास्थित अल–अक्सा अस्पतालमा ६ वर्षीया हेबा अबु इटिवीको शवलाई उनका भाइले निहालिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस