काठमाठौं, २० असार । प्रभु बैंकको सञ्चालक समितिले किशोरजंग कार्कीलाई नयाँ अध्यक्षमा चयन गरेको छ । बैंकको हालै सम्पन्न बैठकले कार्कीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
कार्की लामो समयदेखि नेपाली प्रशासन सेवामा आबद्ध थिए । उनी लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत रहे ।
यस्तै बैंकको सोही बैठकले रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ । अर्याल कुमारी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।