काठमाडौं, २२ असार । जल तथा मौसम विभागले आज राति मधेश बाहेक सबै प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
विभागले आइतबार बिहान एक सूचना जारी गर्दै आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ । मधेश प्रदेशमा भने राति केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ ।
विभागका अनुसार आज दिउँसो भने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । अभिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती , कर्णाली र सुदूरपश्चिम प्रदेशको एक– दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
