माबिलुङ्ग इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

अनलाइनसमय |
२२ असार २०८२
माबिलुङ्ग इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, २२ असार । माबिलुङ्ग इनर्जी लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको छ ।

कम्पनीको आईपीओमा संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर निष्काशन गर्न गरिएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ४ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस