काठमाडौं, २२ असार । अभाव र घरधन्दाको चौघेराबाट उठेर उनीहरूले सपना देखे– आफ्नै खुट्टामा उभिने सपना । त्यो सपना पूरा गर्न उनीहरूले हिम्मत जुटाए र रोजे स्वरोजगार उद्यमशीलताको बाटो । कठिनाइमा सम्भावना देखे रकर्जालाई अवसरमा बदले । कान्छीमाया र सरिताको आत्मनिर्भरता तथा स्वावलम्बनको यात्रा न केवल व्यक्तिगत कथा हो । यो त हो–आम महिलाका लागि साहस, प्रेरणा र ऊर्जाको उज्यालोयात्रा ।
नुवाकोटको सुन्दर पर्यटकीय स्थल ककनी । यो ठाउँ प्राकृतिक तथा भौगोलिक हिसाबले मात्र होइन, स्थानीय उत्पादनले समेत उति नै परिचित छ । त्यो हो– रसिलो स्ट्रबेरी, अनि स्वादिलो ट्राउट माछा । ककनीको रानीपौवामा यसबाटै परिचित छिन् कान्छीमाया लामा, जसले करीब ३ दशकदेखि निरन्तर रूपमा यो प्रजातिको माछापालन गरिरहेकी छिन् ।
सामान्य घरपरिवारकी कान्छीमायाले जीविकाका लागिके मात्र गरिनन् ? एकपछि अर्को गर्दै बंगुर, हाँस, खरायो र बाख्रा पनि पालेकी उनलाईकेहीबाट पनि राम्रो भएन । तर जब आफू बसेको ठाउँ ट्राउट माछाका लागि उपयुक्त रहेको थाहा भयो, उनको उत्साहको सीमा नै रहेन ।
यो अवसरलाई उनीहरूले धेरै कुरेनन् । डेढ लाखमा दुई पोखरी बनाएर माछाका ४०० भुरा हाले । २०५४ सालमा शुरू गरिएको यो ककनी क्षेत्रकै पहिलो ट्राउट फार्म थियो । माछापालन बढाउँदै लगेर १३ ओटासम्म पोखरी पु¥याए । ग्राहकको माग धान्न व्यवसाय अझै विस्तार गर्ने योजना थियो । तर श्रीमान्को असामयिक निधनपछित्यो रोकियो । तर मेरोमाइक्रोफाइनान्सकोवित्तीय साथ पाएपछिउनको उद्यम यात्रा रोकिएन ।
२०७० माघमा मेरोमाइक्रोफाइनान्स लघुवित्तको सदस्य बनेकी कान्छीमायाले २०७१ चैतमा पहिलोपटक १ लाख कर्जा लिएकी थिइन् । त्यसयता उनले ११ पटकमा १६ लाख चलाइसकेकी छिन् । यस लघुवित्तबाट हाल ३ लाख कर्जा चलाइरहेकी उनी माछापालनबाट भएको आम्दानीबाट नियमित बचतका साथै किस्ता तिर्न सफल छिन् ।
लघुवित्तको कर्जाले व्यवसायलाई निरन्तरता दिनसकेकोमा कान्छीमाया सन्तुष्ट छिन् । गाउँठाउँमा अग्रज महिला उद्यमीको रूपमा चिनिँदा उनलाई बेग्लै खुसी मिल्छ ।आत्मविश्वास र लघुवित्तको साथ भए कठिन समयमा पनि उद्यमलाई अघि बढाउन सकिन्छ भन्ने उनी ज्वलन्त उदाहरण हुन् ।
मेरो माइक्रोफाइनान्सको सदस्य बनेपछि उनलाई कर्जाका लागि अरूको भर पर्नुपरेको छैन । सानोतिनो ऋण समेत अन्यत्र माग्नुपरेको भए नपत्याउने, तर यस लघुवित्तले सजिलै दिइरहेको उनी सुनाउँछिन् ।
हुन पनि मेरोमाइक्रोफाइनान्सकोवित्तीय तथा गैरवित्तीय सेवाबाट सदस्यहरूको जीवनस्तरमा आएको परिवर्तन उत्साहजनक छ । यस लघुवित्तमा जोडिएपछि उनीहरूको आर्थिक उत्थान मात्र होइन, सामाजिक प्रतिष्ठा समेत बढेको छ ।
यता, ककनी–४ रानीपौवाको अर्की उदाहरणीय महिला उद्यमीहुन् सरिता लामा।बंगुरपालन व्यवसायमा अघि बढिरहँदासरिता पुराना दिन ती बिर्सन्नन् । किनकि यो अवस्थामा आइपुग्न उनको सोच, सपना र संघर्ष सानो छैन ।
विपन्न परिवारकी सरिता गुजाराका लागि ज्याला मजदुरी गर्थिन् । गृहिणी समेत भएकाले घरधन्दा र अरूको काम गर्न सजिलो थिएन । मजदूरी गर्नु उनको बाध्यता थियो । तर जीवन सधैं यसरी चल्दैन, आफ्नै केही गर्नुपर्छ भन्ने सोच नै उनको अवस्था परिवर्तनको शुरुआत बन्यो ।
सरितासँग सोच त थियो । लगानी गर्ने पैसा थिएन । भनिन्छ नि– अभावमै अवसर हुन्छ । यो अवसरलाईमेरो माइक्रोफाइनान्सले सार्थक बनाइदियो । संस्थाले दिएको ५ लाख कर्जाउनलाई व्यवसाय थाल्ने ठूलो आधार बन्यो ।
२०७० मंसिरमा मेरोमाइक्रोफाइनान्सको सदस्य बनेकी सरितालेसोही वर्ष शुरूमा ४० हजार कर्जा लिइन् । त्यसयता १४ पटकमा २० लाख २५ हजार कर्जा चलाइसकेकी उनले अहिले संस्थाको ७ लाख कर्जा चलाइरहेकी छिन् । समूहमा उनी विभिन्न शीर्षकमा नियमित बचत समेत गर्छिन् । उनको फार्ममा अहिले माउ र पाठापाठी गरेर ४४ ओटा बंगुर छन् । कुनै बेला ८० ओटासम्म बंगुर पाल्ने उनको घरपरिवारको खर्च बंगुरपालनको आम्दानीबाटै धानिएको छ ।
बंगुरपालनसँगै बाख्रापालन समेत गरेकी सरिताले बंगुरका पाठा बेचेर कर्जाको किस्ता जुटाउने गरेकी छिन् । बंगुरका पाठा तथा मासु विक्रीका लागि बजारको समस्या छैन । माग धान्न खोर र माऊ बढाउने उनको योजना छ । व्यवसाय गर्नुअघि र गरिसकेपछि सरिताको जीवनमा आएको परिवर्तन निकै ठूलो छ । हिजो अरूको मजदूरी गर्ने उनी आज लघुवित्तको कर्जाले स्वरोजगार उद्यमी बनेकी छिन् ।
कर्जा लिएर उद्यम व्यवसायमा लगाए राम्रो आम्दानी गर्न र सजिलै किस्ता तिर्न समेत सकिने सरिताको अनुभव छ । थोरैबाटै धेरै हुनेर व्यवसायमा आत्तिनु नहुने उनको बुझाइ छ । सरितालाई यो पेशामा श्रीमान् चतुरे लामाको ठूलो साथ छ । दुःख, अभाव र गरिबीबाट माथि उठ्न मेरोमाइक्रोफाइनान्सको कर्जा आफूहरूका लागि ठूलो सहारा बनेको उनी सुनाउँछन् ।
मेरो माइक्रोफाइनान्सले आफ्ना सदस्यको कर्जा सदुपयोगितालाई उच्च प्राथमिकता दिँदै आएको छ । यसका लागि संस्थाले स्थलगत निरीक्षणदेखि वित्तीय शिक्षालाई महत्वका साथ सञ्चालन गरेको छ ।
यसरी आफ्नै आँट, आत्मविश्वास र लघुवित्तको कर्जालेकान्छीमाया र सरिता आफ्नो गाउँ–ठाउँमा अग्रणी महिला उद्यमी बन्न सफल भए ।कुनै व्यावसायिक पृष्ठभूमि नभएका परिवार, त्यसमा पनि सामान्यअवस्थाबाट उनीहरूले जसरी आफूलाई व्यवसायमा स्थापित गरे । आम महिलाका लागि उनीहरूको उद्यमशीलता सिकाइको स्रोत बन्न सक्छ ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्ट :