२२.३५ अङ्कले घटेको नेप्से २६ सयको बिन्दुमा कायम

अनलाइनसमय |
२३ असार २०८२
२२.३५ अङ्कले घटेको नेप्से २६ सयको बिन्दुमा कायम

काठमाडौं, २३ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ३९ धितोपत्रको शेयर मूल्य बढ्दा २०९ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये दुई उपसूचक बढेको छ भने बाँकी ११ ओटा उपसूचकको घटेको छ । आज होटेल तथा पर्यटन शून्य दशमलव ६१ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स ३ दशमलव ७६, व्यापार १ दशमलव २५, उत्पादन तथा प्रशोधन १ दशमलव २४, हाइड्रोपावर १ दशमलव ०२, जीवन बीमा शून्य दशमलव ९३, विकास बैंक शून्य दशमलव ८१, बैंकिङ शून्य दशमलव ७९, लगानी शून्य दशमलव ७६, निर्जीवन बीमा शून्य दशमलव ६६, अन्य शून्य दशमलव १५ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ७ प्रतिशतले घटेको छ ।

आज अन्य शून्य दशमलव ३६ र हाइड्रोपावर शून्य दशमलव २८, फाइनान्स शून्य दशमलव ०६ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

आज माथिल्लो मेलुन खोला जलविद्युत् ६ दशमलव ५६, कर्पोरेट डेभलपमेन्ट बैंक ६ दशमलव २८, भागवती हाइड्रोपावर डेभलपमेन्ट ४ दशमलव ०६, सिन्धु विकास बैंक ३ दशमलव ७४ र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य ३ दशमलव ५९ प्रतिशतले बढेको छ ।

आज राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै ग्रिन डेभलपमेन्ट बैंक ९ दशमलव ४९, नेपाल फाइनान्स ५ दशमलव ३९ र समृद्धि फाइनान्सको शेयर मूल्य ४ दशमलव ५९ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस