काठमाडौं, २४ असार । जल तथा मौसम विभागले आज दिउँसो चार प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
विभागले आज बिहान एक सूचना जारी गर्दै दिउँसो राति कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ । अन्य प्रदेशमा भने दिउँसो केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ ।
विभागका अनुसार आज राति भने कोशी र मधेश प्रदेशका बाहेक सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ । कोशी मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
विभागका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधाारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
