जेठमा ८३ खर्ब २२ करोडको डिजिटल भुक्तानी

अनलाइनसमय |
२६ असार २०८२
जेठमा ८३ खर्ब २२ करोडको डिजिटल भुक्तानी

काठमाडौं, २६ असार । चालू अर्थिक वर्ष (आव)को जेठमा डिजिटल माध्यममार्फत ८३ खर्ब रुपैयाँ भुक्तानी भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठमा ८३ खर्ब २२ अर्ब ३८ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ५८ दशमलव ८० प्रतिशत बढी हो । सो आवको जेठमा ५२ खर्ब ४० अर्ब ७४ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो ।

गत जेठमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ६२ खर्ब ४९ अर्ब ७४ करोड रुपैयाँ कारोबार भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ८० दशमलव ५४ प्रतिशत बढी हो । गतवर्ष ३४ खर्ब ६१ अर्ब ५३ करोड रुपैयाँ भएको थियो । यसपछि इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि)बाट ५ खर्ब ४७ अर्ब ५ करोड, फास्टर पेमेन्ट सिस्टमबाट ४ खर्ब ६९ अर्ब १ करोड र मोबाइल बैंकिङबाट ४ खर्ब ५२ अर्ब २८ करोड रुपैयाँ भुक्तानी भएको छ ।

कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० करोड)मा

स्रोत : नेपाल राष्ट्र बैंक

चालू आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत भएको छ । यद्यपि शूरूदेखि जेठसम्ममा १ अर्ब ३६ करोड २२ लाखको भुक्तानी भएको तथ्यांक छ । यस प्रणालीबाट असोजमा १३ करोड ९० लाख, कात्तिकमा १५ करोड ६० लाख, मंसिरमा १९ करोड ३० लाख, पुसमा ३१ करोड ४० लाख, माघमा २६ करोड, फागुनमा २० करोड ५० लाख, चैतमा २५ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो भने वैशाखमा २९ करोड ७० लाख र जेठमा ४० करोड ३० लाख रुपैयाँको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस