वैदेशिक रोजगारीमा रहेकालाई स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

अनलाइनसमय |
२७ असार २०८२
वैदेशिक रोजगारीमा रहेकालाई स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं, २७ असार । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आजदेखि पहिलो चरणको आईपीओ खुलेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्ममका लागि साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । यद्यपि, सो अवधिमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन नदिएको अवस्थामा बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस