काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ ।
राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा गरे ।
पौडेलका अनुसार यसअघि व्यक्तिलाई दिइँदै आएको शेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर् याइएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर् याइनेछ ।’