राष्ट्र बैंकले ऋणीका गुनासा सुन्न ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने

अनलाइनसमय |
२७ असार २०८२
राष्ट्र बैंकले ऋणीका गुनासा सुन्न ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले ऋणीका गुनासा सुन्न ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ सञ्चालन गर्ने भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

गभर्नर पौडेलले भने, ‘ग्रामीण क्षेत्रमा ऋणहरुसँग निरन्तर सम्बाद गर्ने उदेश्यले ऋणीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गरिने छ ।’

यस्तै बैंक तथा वित्तीय संस्थाले विद्यमान कानूनी प्रक्रिया अन्तर्गत रही आफ्नो कर्जा नियमित गर्दा वा असूली लगायतका कार्य गर्दा देखिएका अवाञ्छित गतिविधिबाट सिर्जित जोखिम निरुपणका लागि सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

‘बैंक तथा वित्तीय संस्थामा निष्कृय खाताहरूको संख्या उल्लेख्य बढी रहेको सन्दर्भमा उच्च संख्यामा खाता निष्कृय रहने र अन्य व्यक्तिले समेत खाता सञ्चालन गर्ने ९ःयलभथ ःगभि० प्रवृत्तिले सिर्जना गरेको जोखिमसमेतलाई दृष्टिगत गरी निष्कृय खातालाई न्यून गर्न कार्ययोजना बनाई लागु गरिने छ,’ गभर्नर पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस