काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको लय सुधार भएको जनाउँदै आगामी मौद्रिक नीति खुकुलो बनाइएको स्पष्ट पारेको छ । आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. राम शरण खरेलले मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
डा. खरेलका अनुसार पछिल्लो समय अर्थतन्त्रका प्रमुख सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख भएका छन्, जसले खुकुलो मौद्रिक नीति ल्याउन सकिएको हो ।
नयाँ मौद्रिक नीति उत्पादनशीलता अभिवृद्धि र सीप विकासतर्फ केन्द्रित रहेको उनले बताए ।