मौद्रिक नीति आएपछि २९ अङ्कले बढ्यो नेप्से, ११ अर्ब ४१ करोडको कारोबार

अनलाइनसमय |
२९ असार २०८२
मौद्रिक नीति आएपछि २९ अङ्कले बढ्यो नेप्से, ११ अर्ब ४१ करोडको कारोबार

काठमाडौं, २९ असार । मौद्रिक नीति सार्वजनिकपछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६० दशमलव ८ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १५८ धितोपत्रको शेयर मूल्य बढ्दा ९० को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार बैंकिङ समूहको उपसूचक सर्वाधिक ३ दशमलव ३७ प्रतिशतले बढेको छ । यस्तै माइक्रोफाइनान्स ३ दशमलव ५, फाइनान्स १ दशमलव ८७, विकास बैंक १ दशमलव ४७, म्युचुअल फण्ड १ दशमलव ०८, होटेल तथा पर्यटन शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ र जीवन बीमा समूकको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।

यसदिन निर्जीवन बीमा शून्य ३४, अन्य शून्य दशमलव २७, व्यापार शून्य दशमलव २६, हाइड्रोपावर शून्य दशमलव ८३ र लगानी समूकको उपसूचक शून्य दशमलव ०८ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर रहेको छन् । यस्तै जीवन विकास लघुवित्त ९ दशमलव ६१, एनईसीडीओ सम्वृद्धि लघुवित्त ७ दशमलव ३ र समाज लघुवित्तको शेयर मूल्य ६ दशमलव ५ प्रतिशतले बढेको छ ।

आज हिमालयन हाइड्रोपावर ९ दशमलव ९३, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ७ दशमलव ३४, भागवती हाइड्रोपावर हाइड्रोपावर डेभलपमेन्ट ६ दशमलव ९३, पञ्चकन्या माइ हाइड्रोपावर ५ दशमलव ३६ र न्यादी हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ७१ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस