काठमाडौं, २९ असार । मध्य गाजामा पानी भर्न लाइनमा बसेका बेला इजरायली हवाई आक्रमणमा परेर ६ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन्, तीमध्ये सात जना बालबालिका रहेको स्थानीय आपतकालीन सेवाका अधिकारीहरूले जनाएको हो ।
आइतबार नुसैरात शरणार्थी शिविरमा पानी ट्यांकर नजिकै प्लास्टिकका जर्किन बोकेर बसेको भीडमा इजरायली ड्रोनबाट मिसाइल प्रहार गरिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइलाई उद्वत गर्दै बीबीसीले लेखेको छ । मृतकको शव नुसैरातस्थित अल–अवदा अस्पताल लगिएको छ ।
घटनापछि सामाजिक सञ्जालमा आएको केही भिडियोमा रगताम्य बालबालिका, चिच्याउँदै भाग्ने मानिसहरू र बेहोस शवहरू देखिएका छन् । स्थानीय बासिन्दाहरूले घाइतेलाई निजी सवारी र गधा गाडामा राखेर अस्पताल पु¥याएका थिए ।