काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाले लामो समयको अन्योलपछि आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको आइतबारको बैठकमा उपमेयर सुनिता डंगोलले बजेट पेश गरेकी हुन् ।
२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।
यसअघि मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो कार्यक्रम पारित भएपछि डंगोलले बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी ५१ प्रतिशत विनियोजन गरिएको छ भने शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा २० प्रतिशत छुट्याइएको छ । बाँकी बजेट अन्य विभिन्न क्षेत्रतर्फ विनियोजन गरिएको महानगरले जनाएको छ ।