काठमाडौं, ३० असार । बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई निजगढबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाई रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–१ सिंगौलबाट आइतबार पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट २०८२ असार १८ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि चौलागाई फरार थिए ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।