कर्णाली प्रदेशको उद्योग क्षमता उपयोग ३८ प्रतिशत, बढ्यो औद्योगिक कर्जा

अनलाइनसमय |
३१ असार २०८२
कर्णाली प्रदेशको उद्योग क्षमता उपयोग ३८ प्रतिशत, बढ्यो औद्योगिक कर्जा

काठमाडौं, ३१ असार । कर्णाली प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ३८ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ को प्रथम अर्धवार्षिक अवधिमा यस प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ३७ दशमलव ९३ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा कागज तथा कागजका उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९७ प्रतिशत रहेको छ भने सबैभन्दा कम दुग्ध पदार्थ अन्तर्गत प्रशोधित दुध उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग २६ प्रतिशत रहेको छ ।

त्यसैगरी अन्न तथा पशुदाना, चिरेको काठ र अन्य लत्ता कपडा उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग क्रमशः २० दशमलव ५६, ७०, ३३ दशमलव ३३ र ४७ दशमलव ५० प्रतिशत रहेको छ ।

औद्योगिक उत्पादनको अवस्था
समीक्षा अवधिमा कर्णाली प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुमध्ये अधिकांश उद्योगहरुको उत्पादनमा ह्रास आएको देखिन्छ भने अन्य लत्ता कपडा र कागज र कागजका सामान उत्पादन गर्ने उद्योगहरुको उत्पादनमा बढेको देखिन्छ ।

अन्न तथा पशु दाना उत्पादन गर्ने उद्योगको उत्पादनमा ४६ दशमलव ४३ प्रतिशतले ह्रास आएको छ । यस अन्तर्गत चामल, गहँुको पिठोर पशुदानाको उत्पादनमा क्रमशः ४८, ३३ दशमलव ३३ र ५६ दशमलव २५ प्रतिशतले ह्रास आएको छ ।

त्यस्तै समीक्षा अवधिमा लत्ता कपडा शीर्षक अन्तर्गत अन्य लत्ता कपडा र कागज तथा कागजका उत्पादनमा क्रमशः २६ शदमलव ६७ प्रतिशत र ४८ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत औद्योगिक कर्जा
यस प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तमा ३ अर्ब ३० करोड २१ लाख रुपैयाँ रहेको कुल औद्योगिक कर्जा समीक्षा अवधिमा १४ दशमलव ९५ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९ शदमलव ४५ प्रतिशतले बढेको छ भने कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा १५ शदमलव २९ प्रतिशतले कमी आएको छ ।

सो अवधिमा सुर्खेत जिल्लामा सबैभन्दा धेरै २ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ औद्योगिक कर्जा प्रवाह भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम १ करोड २८ लाख रुपैयाँ प्रवाह भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस