कर्णालीमा ३.०६ प्रतिशतले बढ्यो कृषि उत्पादन

अनलाइनसमय |
३१ असार २०८२
कर्णालीमा ३.०६ प्रतिशतले बढ्यो कृषि उत्पादन

काठमाडौं, ३१ असार । कर्णाली प्रदेशमा कृषि उत्पादन ३ दशमलव ०६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१÷८२’ अनुसार गत पुस मसान्तसम्म कर्णालीमा कृषि बालीको उत्पादन ३ दशमलव ०६ प्रतिशतले वृद्धि भई १२ लाख १६ हजार ३७७ मेट्रिक टन कायम भएको जनाएको छ । गत आवको सोही अवधिमा कर्णालीमा कृषि उत्पादन २ दशमलव ४७ प्रतिशतले कमी आएको थियो ।

राष्ट्र बैंकका अनुसार कर्णालीमा खाद्य तथा अन्य बालीको उत्पादन भने ४ दशमलव ८३ प्रतिशतले घटेको छ । चालू आवको पुससम्ममा प्रमुख कृषि बालीमध्ये मकै बालीको उत्पादन ४ दशमलव २४ प्रतिशतले बढेको छ ।

त्यस्तै गत आवको पुससम्ममा १२ दशमलव ४ प्रतिशतले बढेको धान उत्पादन चालू आवको यसै अवधिमा १० दशमलव २५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा गहुँ १७.३१ प्रतिशत, कोदो १६.७३, जौ १८.९८ र फापरको उत्पादनमा २५.६९ प्रतिशतलेले कमी आएको छ ।

यसैगरी, कर्णालीमा तरकारी तथा बागवानी उत्पादन २२ दशमलव ७४ प्रतिशतले वृद्धि भई २ लाख ३१ हजार ४२८ मेट्रिक टन पुगेको राष्ट्र बैंकको तथ्याङ्ले देखाएको छ । गत आवको सोही अवधिमा यस्तो उत्पादन ६ दशमलव ०८ प्रतिशतले घटेको थियो ।

चालू आवको पुससम्ममा तरकारी उत्पादनमा २५ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा तरकारी उत्पादन ७ दशमलव ४० प्रतिशतले घटेको थियो । त्यस्तै चालू आवको पुससम्ममा बागवानी उत्पादनमा १ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार कर्णालीमा चालू आवको पुससम्ममा फलफूल उत्पादन ४४ दशमलव ७३ प्रतिशतले वृद्धि भई १ लाख ६ हजार ३३ मेट्रिक टन पुगेको छ । समीक्षा अवधिमा प्रमुख फलफूलमध्ये सुन्तलाको उत्पादन उल्लेखनीय रुपमा वृद्धि भएको छ ।

कुन जिल्लामा कति भयो उत्पादन ?

स्रोत : नेपाल राष्ट्र बैंक

०.११ प्रतिशतले घट्यो कृषि बालीले ढाकेको क्षेत्रफल

यस वर्षको पुससम्ममा कृषि बालीले ढाकेको क्षेत्रफल भने ० दशमलव ११ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनका अनुसार कर्णालीमा पुस मसान्तसम्ममा कृषि बालीले ढाकेको क्षेत्रफलमा शून्य दशमलव ११ प्रतिशतले कमी आई ३ दशमलव ७३ हजार ४१६ हेक्टर कायम भएको छ । गत अवधिमा यस्तो क्षेत्रफल ०.०१ प्रतिशतले बढेको थियो ।

चालू आवको पुससम्ममा कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३ दशमलव ४१ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको छ । त्यसैगरी, गहुँ, कोदो, जांै र फापर बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ४.८६ प्रतिशत, ११.५२ प्रतिशत, १.३९ प्रतिशत र १२.२० प्रतिशतले कमी आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस