पुटिनप्रति निराश छु, तर सम्बन्ध टुंगिएको छैन : ट्रम्प

अनलाइनसमय |
३१ असार २०८२
पुटिनप्रति निराश छु, तर सम्बन्ध टुंगिएको छैन : ट्रम्प

काठमाडौं, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफू निराश भएको बताएका छन् । बीबीसीसँग फोन संवाद गर्दै ट्रम्पले पुटिनप्रति आफू निराश भएको तर अझै सम्बन्ध समाप्त नभएको बताएका हुन् ।

‘म प्रायः कसैमाथि पनि विश्वास गर्दिन,’ ट्रम्पले भने ।

केही घण्टाअघि युक्रेनलाई हतियार पठाउने योजना सार्वजनिक गर्दै उनले यदि ५० दिनभित्र युद्धविरामको सम्झौता नभएमा रुसमाथि उच्च ट्यारिफ लगाइने चेतावनी दिएका थिए ।

ह्वाइट हाउसको ओभल अफिसबाट गरिएको कुराकानीमा ट्रम्पले नाटाको समर्थन पनि दोहोर्‍याएका छन् । यसअघि उनले नाटोलाई ‘अप्रासंगिक संस्था’ भनेका थिए । तर अहिले उनले यसको सामूहिक सुरक्षा सिद्धान्तमा समर्थन व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस