शाहीको व्यंग्य : ‘न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू’

अनलाइनसमय |
३१ असार २०८२
शाहीको व्यंग्य : ‘न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू’

काठमाडौं, ३१ असार । अडियो टेप प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले मन्त्री गुप्ताले दिएको राजीनामा मात्र पर्याप्त नभएको भन्दै यस्तो माग गरेका हुन् ।

‘मन्त्रीलाई तत्काल पक्राउ गरियोस्, छानबिन गरियोस्, ’ उनले भने ।

शाहीले गुप्तासँग जोडिएको अडियो प्रकरणमा खुलेआम मन्त्री क्वार्टरमै पैसा लेनदेन भएको कुरा सार्वजनिक भइसकेको भन्दै प्रश्न गरे । ‘पहिलेपहिले एउटा चलन थियो, अहिले पनि छ, ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू,’ उनले भने, ‘खुलमखुल्ला अडियो टेप प्रकरणमा मन्त्री क्वार्टरमा पैसा दिएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ?, हामीले अख्तियार अनुसन्धान आयोग बनाएका छौं यो देशमा, अख्तियार आयोगले के गरेर बसेको छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस