३४.४६ अङ्कले बढ्यो नेप्से, ९ अर्ब ४१ करोडको कारोबार

अनलाइनसमय |
३१ असार २०८२
३४.४६ अङ्कले बढ्यो नेप्से, ९ अर्ब ४१ करोडको कारोबार

काठमाडौं, ३१ असार । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २०९ धितोपत्रको शेयर मूल्य बढ्दा ३९ को घटेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार १३ समूहको उपसूचकमध्ये १२ ओटा उपसूचकको बढेको छ भने म्युचुअल फण्ड स्थिर रहेको छ ।

यसदिन बैंकिङ १ दशमलव ८१, फाइनान्स १ दशमलव ७९, हाइड्रोपावर १ दशमलव ७१, माइक्रोफाइनान्स १ दशमलव २८, विकास बैंक १ दशमलव २२, लगानी १ शदमलव ०८, होटेल तथा पर्यटन शून्य दशमलव ९३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, व्यापार शून्य दशमलव ८५, निर्जीवन बीमा शून्य दशमलव ७६, जीवन बीमा शून्य दशमलव ६८ र अन्य समूहको उपसूचक शून्य दशमलव ५२ प्रतिशतले ह्रास आएको छ ।

आज सूपर मादी हाइड्रोपावर ८ दशमलव ०८, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ५ दशमलव ८६, बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट ५ दशमलव ७१ र ओम मेगाश्रीको शेयर मूल्य ५ दशमलव ४३ प्रतिशतले बढेको छ ।

आज भागवती हाइड्रोपावर डेभलपमेन्ट ४ दशमलव ६४, शुवम पावर ३ दशमलव ३३, चिरख्वा हाइड्रोपावर ३ दशमलव २६ र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य २ दशमलव ८२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस