काठमाडौं, ३२ असार । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि घटेको छ । मंगलबार प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।