शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८% ब्याजदरमा ऋणपत्र बिक्री खुल्यो

अनलाइनसमय |
३२ असार २०८२
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८% ब्याजदरमा ऋणपत्र बिक्री खुल्यो

काठमाडौं, ३२ असार । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको आजदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्रमा आवेदन खुलेको छ ।

बैंकले अंकित मूल्य १ हजारका दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । १० वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८ प्रतिशत ब्याजदर पाउने छन् ।

यो ऋणपत्र ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

अनलाइन प्रणाली मेरोशेयरमार्फत छिटोमा साउन ४ गते र ढिलोमा १४ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । ऋणपत्र निष्कासनका लागि बैंकले इक्रा नेपालले बीबी प्लस रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस