काठमाडौं, ३२ असार । आर्थिक वर्ष २०८१/८२ को आज अन्तिम कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज ३४ दशमलव ६१ अङ्कले बढेको नेप्से परिसूचक २८ सय बिन्दुको नजिक पुगेको हो । हिजो मंगलबार दुई हजार ७६० दशमलव १७ बिन्दुमा रोकिएको नेप्से आज दुई हजार ७९४ दशमलव ७८ बिन्दुमा कायम भएको छ ।
आज ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १९३ धितोपत्रको शेयर मूल्य बढ्दा ५५ को घटेको छ । यसदिन कुल ३३० धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये १२ ओटा उपसूचकको बढेको छ भने व्यापार समूहको उपसूचक शून्य दशमलव १८ प्रतिशतले ह्रास आएको छ ।
यसदिन विकास बैंक समूहको उपसूचक सर्वाधिक ३ दशमलव ८६ प्रतिशतले बढेको छ । यस्तै माइक्रोफाइनान्स १ दशमलव ८५, निर्जीवन बीमा १ दशमलव ८५, बैंकिङ १ दशमलव ५९, म्युचुअल फण्ड १ दशमलव ५८, उत्पादन तथा प्रशोधन १ दशमलव ३९, हाइड्रोपावर १ दशमलव २८, फाइनान्स शून्य दशमलव ७५, जीवन बीमा शून्य दशमलव ६६, होटेल तथा पर्यटन शून्य दशमलव ५९ र अन्य समूहको उपसूचक शून्य दशमलव ३३ प्रतिशतले बढेको छ ।
आज थ्री स्टार हाइड्रोपावरको हेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन ग्रिन डेभलपमेन्ट बैंक ८ दशमलव ४१, एनआईबीएल स्टेबल फण्ड ८ दशमलव ३२ र उपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ३ प्रतिशतले बढेको छ ।
बुधबार माइ खोला हाइड्रोपावर ७ दशमलव ८७, नारायणी डेभलपमेन्ट बैंक २ दशमलव ९ र उन्नति सहकार्यको शेयर मूल्य २ दशमलव १४ प्रतिशतले ह्रास आएको छ ।