काठमाडौं, ३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार बसेको संसदीय दल बैठकले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको समर्थन फिर्ता लिने निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यक्ष उपेन्द्र यादवले असार ३० गते बालुवाटारमा छलफल गरेका थिए । उक्त छलफल भएको दुई दिनमै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
जसपा नेपालले एमाले÷कांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो ।
प्रतिनिधि सभामा जसपा नेपालका ५ जना र राष्ट्रिय सभामा ३ जना सांसद छन् । जसपा नेपालको यो निर्णयपछि राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ ।