सुनमा आजदेखि २% विलासिता कर लागू, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१ साउन २०८२
सुनमा आजदेखि २% विलासिता कर लागू, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

आजदेखि सुनमा विलासिता कर जोडेर मूल्य कायम गरिएको छ । सरकारले बजेट मार्फत सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने व्यवस्था गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबा भएको चाँदी आज २ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस