काठमाडौं, १ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्क र बेलायतका राजदूतलाई थप एक÷एक देशको जिम्मेवारी दिएका छन् ।
राष्ट्रपति पौडेलले बिहिबार डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि र बेलायतका राजदूत चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
