काठमाडौं, १ साउन । आर्थिक वर्ष २०८२/८३ को पहिलो तथा साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ७५ दशमलव ८४ अङ्कले बढेर दुई हजार ८७० दशमलव ६३ बिन्दुमा कायम भएको हो ।
आज ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज २४० धितोपत्रको शेयर मूल्य बढ्दा ९ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार सबै समूहको उपसूचक बढेको छ । यसदिन अन्य समूहको उपसूचक सर्वाधिक ५ दशमलव ०९ प्रतिशतले बढेको छ ।
यस्तै लगानी ३ दशमलव १७, जीवन बीमा ३ दशमलव १४, हाइड्रोपावर ३ दशमलव ०४, उत्पादन तथा प्रशोधन फाइनान्स २ दशमलव ९४, निर्जीवन बीमा २ दशमलव १८, फाइनान्स २ दशमलव ०८, होटेल तथा पर्यटन २ दशमलव ६, माइक्रोफाइनान्स २ दशमलव ५, विकास बैंक १ दशमलव ९५, बैंकिङ १ दशमलव ७६, व्यापार १ दशमलव ७६ र म्युचुअल फण्ड शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।
आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा ट्रेड टावर, थ्री स्टार हाइड्रोपावर र शुवम पावर रहेका छन् । यस्तै इस्टर्न हाइड्रोपावर ९ दशमलव ९ र बारही हाइड्रोपावर पब्लिककोे शेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
यसदिन एनआइएबीएल स्टेबल फण्ड ७ दशमलव ५८, एनआईसी एशिया फ्लेक्स सीएपी फण्ड ६ दशमलव २१, रिलाइबल सम्वृद्धि योजना ५ दशमलव ७४, मुक्तिनाथ म्युचुअल फण्डको शेयर मूल्य ४ दशमलव ९५ प्रतिशले ह्रास आएको छ ।