काठमाडौं, २ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला २ हजार २६५ रुपैयाँमा कारोबा भएको चाँदी आज २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।