टीभीमा समाचार पढ्दापढ्दै प्रत्यक्ष प्रसारण छाडेर प्रस्तोता भागेपछि…

अनलाइनसमय |
२ साउन २०८२
टीभीमा समाचार पढ्दापढ्दै प्रत्यक्ष प्रसारण छाडेर प्रस्तोता भागेपछि…

काठमाडौं, २ साउन । इजरायली हवाई आक्रमणका कारण सिरियाको सरकारी टेलिभिजन सिरिया टीभीकी समाचार प्रस्तोता प्रत्यक्ष प्रसारणकै क्रममा भागेकी छन् । राजधानी डामास्कसस्थित स्टुडियोको छेउमै रहेको रक्षा मन्त्रालयको भवनमा बुधबार इजरायली क्षेप्यास्त्र प्रहार भएपछि समाचार पढ्दै गरेकी प्रस्तोता झस्कँदै सेटबाट बाहिरिएकी हुन् ।

एपी न्युजले सार्वजनिक गरेको भिडियोमा समाचार वाचनका क्रममा एक्कासी ठूलो विस्फोटको आवाज सुनिन्छ, त्यसलगत्तै प्रस्तोता कुर्सीबाट उठेर सुरक्षित स्थानतर्फ दौडिन्छिन् ।

इजरायली सेनाले उक्त हमला सिरियामा रहेका ड्रुज धार्मिक अल्पसंख्यक समुदायको सुरक्षाका लागि सञ्चालन गरिएको सैन्य अभियानको हिस्सा भएको बताएको छ ।

घटना हुँदा रक्षा मन्त्रालयको भवन च्यानलको स्टुडियोको सिधा पछाडि रहेको र विस्फोटको कम्पन स्टुडियोमै महसुस गरिएको सिरिया टीभीले जनाएको छ । आक्रमणपछि केही समय प्रसारण रोकिएको थियो ।

हालसम्म आक्रमणबाट कुनै मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन । सिरियाली सरकारी अधिकारीहरूले घटनाबारे विस्तृत प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस