काठमाडौं, २ साउन । डडेलधुराको एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ डिल बस्ने ५४ वर्षीय करन भुलले श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेका हुन् ।
करनलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ । करनले बिहीबार राति हँसिया प्रहार गरी खिमाको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।