लघुवित्तले शितल र कमलाको जीवनमा ल्याएको परिवर्तन (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२ साउन २०८२
छेवैमा अविरल बगिरहेको तादी, समथर अनि रसिला फाँटहरू । यहाँ के मात्र उब्जँदैन, अन्नबालीदेखि फलफूल, तरकारी र अनेकौं नगदे बालीसम्म लहलह फस्टाउँछ । आफैमा हराभरा र रमणीय । हो, नुवाकोटको सातबिसे । यो ठाउँ भौगोलिक रूपमाजति सुन्दर र उर्वर छ, उद्यमशीलताले पनि उति नै परिचित छ । ‘मेरो माइक्रोफाइनान्स’को वित्तीय पहुँचले यहाँ आफ्नो श्रम र संकल्पलाई व्यवसायमा बदलेका थुप्रै उद्यमी छन् । तीमध्ये दुई प्रतिनिधि पात्र हुन्– फर्निचरमा भविष्य कुँदिरहेकी शीतल तिवारी, अनि चामलका दानाहरूमा सम्भावनाको सुवास खोजिरहेकी कमला श्रेष्ठ ।
२०७२ वैशाख १२ गते, नेपाली इतिहासमा कहिल्यै नबिर्सिने दिन । विनाशकारी महाभूकम्पले देशमा ठूलो जनधनको क्षति भयो । बाँचेकाहरूका लागि पहिलो आवश्यकता थियो– घर निर्माण तथा पुनर्निर्माण। भनिन्छ नि, विपत्तिमा पनि अवसर लुकेको हुन्छ । यो भनाइलाई शितल र उनका श्रीमान् राजकुमारले चरितार्थ गरे । घर निर्माणमा फर्निचरको बढ्दो मागदेखेपछि उनीहरू यही व्यवसायमा प्रवेश गरे ।
११ वर्षअघि करीब ३ लाख लगानीमा शीतल र उनका श्रीमानले फर्निचर उद्यम सुरु गरेका थिए । त्यसअघि शीतल सामान्य किराना पसल चलाउँथिन् । जसबाट मुश्किलले घरखर्च टथ्र्यो । तर फर्निचर व्यवसायमा लागेपछि उनको पारिवारिक जीवनस्तरमै परिवर्तन आएको छ ।
शितल मेरो माइक्रोफाइनान्स लघुवित्तको सातबिसे शाखाअन्तर्गत रालुकादेवी सामुदायिक बैंकिङ समूह नामक केन्द्रकी सदस्य हुन् । २०७१ असोजमा लघुवित्तको सदस्य बनेकी उनले २०७२ माघमा पहिलोपटक १ लाख कर्जा लिइन् । त्यसयता ७ पटकमा गरेर १९ लाख २० हजार कर्जा पाइसकेकी उनले हाल ५ लाख कर्जा चलाइरहेकी छिन् ।
लघुवित्तको समूहमा बसेमा बचत हुन्छ, पछि कर्जा लिएर सानोतिनो व्यवसाय सकिन्छ भनेर शितल यस संस्थामा आबद्ध भएकी हुन् । हुन पनि गाउँघरमा सजिलै ऋण पाइँदैनथ्यो । पाइहाले पनि चर्को ब्याजपथ्र्यो । तर व्यवसायको सुरुवातदेखि नै साथ दिएको मेरो माइक्रोफाइनान्सप्रति उनी कृतज्ञ छिन् र सफलताको श्रेय पनि यसै संस्थालाई दिन चाहन्छिन् ।
फर्निचर उद्योगमा यो दम्पती बाहेक अन्य तीनजना रोजगार छन् । हालसम्म करीब ४० लाख लगानी भइसकेको यो व्यवसायमा वार्षिक कारोबार पनि ४० लाख बराबरकै हुने गरेको छ । त्यसबाट १२ देखि १५ लाखसम्म आम्दानी हुने र त्यसले वारिवारिक खर्च धान्नुका साथै बचत लगानी समेत हुने गरेको छ ।
शितल आफ्नो गाउँठाउँमा अग्रणी महिला उद्यमीको रूपमा परिचित छिन् । कर्जा लिएर उत्पादन तथा आयआर्जनका क्षेत्रमा लगाएमा असल ऋणी एवं सफल उद्यमी बन्न सकिने उनको अनुभव छ । साथै स्वरोजगार र आत्मनिर्भरताका लागि उद्यम व्यवसायमा आउन महिला दिदीबहिनीलाई उनको आग्रह छ ।
वित्तीय पहुँचमार्फत ग्रामीण तथा विपन्न वर्गको आर्थिक उत्थानमा मेरो माइक्रोफाइनान्सको महत्वपूर्ण योगदान छ । सहज, सरल वित्तीय सेवालाई देशभर विस्तार गर्ने यस लघुवित्तको लक्ष्य छ ।
संसारका सफल मानिसका लागि जस्तै उनका लागि पनि जीवन संघर्षको अर्को नाम हो । नयाँ सोच, चेतना र लघुवित्तको कर्जाले उनलाई उद्यमी बनायो । साधारण गृहिणीबाट आत्मनिर्भर उद्यमीको रूपमा आज उनले जुन परिचय बनाएकी छिन्, त्यसका लागि उनको मेहनत, सपना र सामथ्र्यको पहाड ठूलो छ । यो कथा हो, नुवाकोट सातबिसेकी कमला श्रेष्ठको ।
मेरो माइक्रोफाइनान्स लघुवित्तको सदस्य कमला व्यवसाय थाल्नुअघि सामान्य खेती किसानी गर्थिन् । तर जब अभावको अँध्यारोबाट निस्कन व्यवसायनै गर्नुपर्छ भन्ने उनी र उनका श्रीमान्लाई बोध भयो । त्यसपछि चल्न थालेराइस मिलका सघन मेशिनहरू । व्यवसाय गर्नुअघि कमलाको जीवन कठिनाइपूर्ण थियो । तर आज त्यो अवस्था अतीत बनेको छ ।
अन्य व्यवसायको तुलनामा सजिलोर सम्भावना पनि देखेर कमलाले राइसमिल शुरू गरेकी हुन् । राइसमिल भनिए पनि यहाँ धानसँगै तोरी र मसलाका मिल समेत छन् । उनी यो अवस्थामा पुग्नुमा मेरो माइक्रोफाइनान्सको ठूलो सहयोग छ । यस लघुवित्तको सदस्य बनेयता खरखाँचो पर्दा अन्यत्र ऋण माग्नु नपरेको उनी सुनाउँछिन् ।
कमला २०७० चैत २० मा यस लघुवित्तमा आबद्ध कमलाले पहिलोपटक ६० हजार कर्जा लिएकी थिइन् । त्यसयता ६ पटकमा गरेर १५ लाख २० हजार कर्जा पाइसकेकी उनले हाल चलाइरहेको कर्जा ७ लाख रहेको छ । समूहमा उनले बचत समेत गर्दै आएकी छिन् । राइसमिलबाट मासिक ५ देखि ६ लाखको कारोबार र डेढदेखि २ लाख आम्दानी हुने गरेको छ । व्यवसायबाट भएको आम्दानीले श्रेष्ठ दम्पत्तीले घडेरी पनि जोडेका छन् । व्यवसायमा लागेपछि कमलालाई छरछिमेक र समुदायले हेर्ने दृष्टिकोण नै फेरिएको छ ।
कर्जा लिएपछि समयमै तिर्नुपर्छ भन्नेमा कमला सचेत छिन् । लिएकोकर्जा सही ठाउँमा लगाउनुपर्ने र आँट गरेमा महिलाले पनि उद्यम व्यवसाय चलाउन सक्ने कमला बताउँछिन् ।
मेरो माइक्रोफाइनान्सको सातबिसे शाखाका सदस्यहरूमा वित्तीय पहुँचले ल्याएको आर्थिक सामाजिक परिवर्तन उत्साहजनक छ । यस शाखाले आफ्ना सदस्यलाई कर्जा सदुपयोग जस्ता वित्तीय अनुशासनका विभिन्न विषयमा समेत जागरुक गराउँदै आएको छ ।
उद्यमशील सोच, परिवारको साथ र लघुवित्तको कर्जा शितल र कमलाका व्यावसायिक सफलताका आधार हुन् । व्यवसायमा कमाइ आफ्नो ठाउँमा होला, परिचय आफ्नै ठाउँमा । त्योभन्दा महत्वपूर्ण त अभावबाट माथि उठ्ने प्रयास हो । यसमा मेरो माइक्राफाइनान्स लघुवित्तको साथ कोशे ढुंगा सावित भएको छ । व्यवसायमा शितल र कोमलजस्ता महिला उद्यमी स्थापित हुँदा अन्य महिलालाई पनि प्रेरणा, उत्साह र ऊर्जा मिलेको छ ।
हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट