बागमतीसहित यी प्रदेशमा धेरै वर्षा हुने पूर्वानुमान

अनलाइनसमय |
४ साउन २०८२
बागमतीसहित यी प्रदेशमा धेरै वर्षा हुने पूर्वानुमान

काठमाडौं, ४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस