काठमाडौं, ४ साउन । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा विराटनगर भन्सारबाट करिब साढे एक अर्बको प्लाइउड बाहिरिएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत असार मसान्तसम्ममा १ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको ६० लाख ५९ हजार ७८ मेट्रिक टन प्लाइउड बाहिरिएको हो ।
असार महिनामा मात्रै १० करोड ४७ लाख रुपैयाँ बराबरको १ हजार ३९ मेट्रिक टन निर्यात भएको यस भन्सार कार्यालयको तथ्याङ्क छ ।
आवको १२ महिनामा विराटनगर भन्सार कार्यालयले २ खर्ब ८३ अर्ब ४१ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २ खर्ब ९ अर्ब ९९ करोड ८९ लाखको आयात हुँदा ७३ अर्ब ४१ करोड ४६ लाख रुपैयाँको मात्र निर्यात भएको छ ।